गोकर्णेश्वर नगरपालिकाको प्रमुख श्री सन्तोष चालिसेज्यूको पहलमा गोकर्णेश्वर नगरपालिकाको भौगोलिक, संस्कृति, भाषिक र जातीय विविधता साथै विभिन्न धार्मिक, ऐतिहासिक, पुरातात्विक स्रोत र सम्पदाहरुको जानकारी र सूचना दिन स्थानीय विषयको पाठ्यक्रम २०७५ आधारभूत शिक्षा(कक्षा १-८ ) को विकास र त्यसको कार्यान्यवन सम्बन्धि विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरुसंग गोष्टि कार्यक्रम ।
स्थानीय स्तरमा स्थानीय सरोकारवालाहरुको सहभागिता र सक्रियताको आधारमा स्थानीय आवश्यकता अनुसार स्थानीय विषयवस्तुहरु समावेश गरि निर्माण र कार्यन्वयन हुने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ ।
प्राथमिक तहको पाठ्यक्रम २०४९ ले १०० पूर्णाङकको स्थानीय परिवेश अनुसार मातृभाषा वा स्थानीय विषय राख्न निर्देश गरे तापनि लागु हुन सकेको थिएन । सम्भवत्व नेपालमै पहिलो पटक स्थानीय विषयको पाठ्यक्रम २०७५ आधारभूत शिक्षा(कक्षा १-८ ) यस गोकर्णेश्वर नगरपालिकामा संचालन हुन गैरहेको छ । यसलेगर्दा स्थानीय विषयबस्तु धर्म, कला, संस्कृती, इतिहास, प्राकृतिक, स्रोतसम्पदाको सन्रक्षण सम्वर्धन गर्न टेवा पुग्दछ ।
गोकर्णेश्वर नगरपालिकाको स्थानीय विषयको पाठ्यक्रम २०७५
Body: