कार्यकारी अधिकृत

विरेन्द्र देव भारती

 

विसं २०३३ साल भदौ ३१ गतेका दिन दैलेख जिल्लामा जन्मिनुभएको विरेन्द्रदेव भारती हाल गोकर्णेश्वर नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ। 

विसं २०६१ सलामा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गर्नुभएको उहाँ २०७० सालको खुला प्रतियोगिताबाट उपसचिव बन्न सफल हुनुभयो। विपद व्यवस्थापनमा विशेष अनुभव तथा तालिम लिनुभएको उहाँको भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा विशेष कार्यनुभव पनि रहेको छ। राजनीतिशास्त्रमा स्नात्तकोत्तर गर्नुभएको उहाँले श्रीलंका, जापान, कतार, कुबेत लगायतको देशहरुको भ्रमण गर्नुभएको छ।