Body:
काठमाडौँ, श्रावण १६। गोकर्णेश्वर नगरपालिकामा नगर शिक्षा समितिको बैठक सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिकाको सभा हलमा नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा शुक्रबार बसेको उक्त बैठकमा उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे , शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी नगर शिक्षा समितिका पधाधिकारीहरु प्याब्सन एन प्याब्सन ,एन प्याब्सन इशान, निसान,लगायत संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको सो बैठकले कोभिड १९ लाइ मध्यनजर राखी विद्यार्थी भर्ना कार्यक्रम अगाडि बढाउने र अवस्था सामान्य भएमा २०७७ भाद्र १ गते देखि १ गते देखि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।