सन्तोष चालिसे

Email: 
mayor@gokarneshwormun.gov.np
Phone: 
९८४१२११९३३

 

सक्रीय सामाजिक अभियन्ता श्री सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिकाको पहिलो मेयरको रुपमा निर्वाचित हुनुहुन्छ। उहाँले तत्कालिन जोरपाटी गाउँ पञ्चायतमा विसं २०३९ देखी विसं २०४४ सम्म वडाध्यक्ष तथा विसं २०४९ देखी विसं २०५४ सम्म उपाध्यक्षको रुपमा सेवा गरिसक्नु भएको छ। साथै उहाँले आफ्नो झन्डै ३३ वर्षको राजनैतिक, सामाजिक जीवनमा अनेकौं संघसंस्थासँग आवद्ध भएर काम गर्नुभएको छ। विसं २०६३ सालदेखी उहाँले उच्च-स्तरिय राष्ट्रीय शहिद पार्क, गोकर्णको उपाध्यक्षको रुपमा सेवा गर्दै आउनुभएको छ। 

गाउँ पञ्चायतमा हुँदा उहाँले गाउँ बिकासका आय-व्यय विवरण तयार गर्ने, जनसंख्याको विवरण हरु अध्यवधिक गर्ने जस्ता विविध योजनाहरु तयार पारी कार्यन्वयन गर्नुभएको थियो। उहाँले अरुणोदय उच्च माध्यमिक विद्यालयमा विसं २०६५ देखी विसं २०७३ सम्म विध्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर सेवा गर्नुभएको छ। तथा विसं २०६६ देखी विसं २०७३ सम्म उहाँले ग्राम निर्माण बन्धु मण्डल क्लबको पनि अध्यक्षको रुपमा सेवा गर्नुभएको छ। 

चालिसेको योगदानलाई कदर गर्दै कैयौं संघ संस्थाहरुले उहाँलाई सम्मान गरिसकेका छन्। केही संस्थाहरुको नाम लिनुपर्दा निम्न अनुसार छन्:
१) रमेश विकल साहित्य प्रतिष्ठान 
२) अरुणोदय उच्चमाध्यमिक विद्यालय 
३) नेपाल मेडिकल कलेज 
४) चाइल्ड हेभन इन्टरनेसनल स्कुल