Body:
गोकर्णेश्वर नगरपालिकाले "मिसन रोजगारी" कार्यक्रम अन्तर्गत नगरपालिकाको आर्थिक सहयोगमा Shankharapur Polytechnic Institute मा Electric Vehicle Technician तालीम संचालन गरेको छ ।नगरपालिकाले "मिसन रोजगारी" कार्यक्रम अन्तर्गत पालिका भित्रका युवाहरुलाई सीप विकासमा सहयोग गरि रोजगारी तथा स्वरोजगारीमा जोड्नका लागि यो ६५ दिन (३९० घण्टा) तालीम संचालन गरेको हो । यस तालिममा गोकर्णेश्वर भित्रका ३० जना युवाहरुको सहभागिता रहने छ ।


