FAQs Complain Problems

संक्षिप्त परिचय

 

राजधानी काठमाडौँको उतारापुर्वमा अवस्थित ५८.५० वर्ग कि.मी क्षेत्रफल् ओगटेको यस गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको मिति २०७१ मङ्सिर १६ गतेको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटि, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी स्थापना भएको नगरपालिका हो । यस नगरपालिकाको नामांकन हाल वडा नं. ४ माअवस्थित श्री गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको छ । शुरु घोषणा हुदाको बखत १६ वटा वडाहरुमा विभाजन गरिएको यस नगरपालिकाका वडाहरु नेपाल सरकारको मिति ०७३ फाल्गुन २६ गतेको स्थानीय तह घोषणा र पुनः संरचना पश्चात निम्न बमोजिम ९ वटा कायम भई यसको केन्द्र जोरपाटी तोकिएको हो ।

यस नगरपालिकाको पूर्वमा कगेश्वारी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला , पश्चिममा काठमाडौँ महानगरपालिका, उत्तरमा नुवाक्त र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा काठमाडौँ महानगरपालिका र कगेश्वारी मनोहरा नगरपालिका पर्दछन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या १.४९,३६६ रहेकोमा हालको वृद्धिलाई दृष्टिगत गर्दा यहाको जनसंख्या दुई लाख भन्दा बढी भएको अनुमान गर्न सकिन्छ । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित यस नगरपालिकाको भू बनोटमा तर, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको छ। 

नगरको जनसंख्या सम्बन्धी अन्य जानकारीको लागि  कृपया यहाँ क्लिक गनुहोस ।